काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले वडा अध्यक्षमाथि कालोमोसो दलेका छन् ।
कन्चनपुरको बेलडाँडी गाँउँपालिका २ का वडा अध्यक्ष प्रेम खातीलाई नेकपाका युवा संगठनका कार्यकर्ताले जनकारवाही स्वरुप कालोमोसो लगाएका हुन् ।
उनीहरुले अध्यक्षले वडा कार्यालय भवनको भाडा एकठाउ दिएर अर्को ठाउँमा कार्यालय राखेको, सम्झौता बहुउद्धेश्यीय र साना किसान लघुवित्तलाई जमिन सहित १५ लाख दिने निर्णय गरेको छ, मनोमानी तरिकाले कर्मचारी नियुक्त गरेको, गाँउँपालिकाको पछाडि एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको लगायतका आरोप लगाउँदै जनकारबाही गरिएको उनीहरुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वडा अध्यक्षममाथि कालो मोसो दल्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डिएसपी चक्र बहादुर थापाले जानकारी दिएका छन् ।

वि.सं.२०७८ माघ २७ बिहीवार १६:१२ मा प्रकाशित






























