back
CTIZAN AD

तीन नदीमा ७२ गोही छाडियो, गुँढ अनुगमन गरिँदै

वि.सं.२०७८ फागुन २ सोमवार

1K 

shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।

दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । उनले केही दिनपछि राप्ती नदीमा थप ३० गोही छाड्ने तयारी गरिएको बताए । हालसम्म विभिन्न नदीमा एक हजार ६५७ गोही छाडिएको सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए । यसवर्ष राप्ती र नारायणीका सात वटा गुँढबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँढमा रहेका अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुबै नदीमा गोहीको गुँढ अनुगमन गरिँदै छ ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । हालसम्म राप्तीमा ८६७, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् । हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० गोही छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वयस्क घडियाल छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले सबैको साथ र सहयोग बिना संरक्षण सम्भव नहुनेमा जोड दिए ।
रासस/फाइल फोटो

वि.सं.२०७८ फागुन २ सोमवार १६:५७ मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...