काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले विदेशमा बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोट म्यारिज गरेको बताइएको छ ।
केहीदिनअघि नायिका रेखा थापा छिट्ट नै बिवाह बन्धनमा बाँधिने समाचार आइरहेका बेला थापाले शाहीसँग कोर्ट म्यारिज गरेको समाचार बाहिरीएको हो । यद्यपी रेखा थापाले भने यसबारेमा केही बताएकी छैनन् ।

फिल्म निर्माता छवि ओझासँग १० वर्ष अघि सम्बन्ध विच्छेद गरेकी नायिका थापाले पर्यटन व्यवसायीसँग शाहीसँग दोस्रो विवाह गरेकी हुन् । उनीहरुले काठमाडौं जिल्ला अअदालतमा पुगेर विवाह गरेको बताइएको छ ।
लामो समय नेपाली चलचित्र क्षेत्रमा राज गर्न सफल भएकी नायिका रेखा थापा पछिल्ला समय राजनीतिमा समेत सक्रिय रहेकी छन् । उनी राप्रपा नेपालको हालै सम्पन्न एकताको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार समेत रहेकी थिइन् । थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।
वि.सं.२०७८ फागुन २ सोमवार २१:३७ मा प्रकाशित






























