back
CTIZAN AD

वरिष्ठ साहित्यकार ताना शर्माको निधन

वि.सं.२०७८ फागुन ३ मंगलवार

867 

shares

काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

उनी पाठ्यपुस्तक लेखक पनि थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १२:१८ मा प्रकाशित

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...