४ फागुन, काठमाडौँ । श्रीलंका विरुद्धको ५ खेलको टि-२० श्रृखलामा २ खेल बाँकी रहर्दैँ अष्ट्रेलियाले टि २० श्रृखलामा कब्जा गरेको छ । तेस्रो टि-२० मा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले श्रृखला आफ्नो नाममा गरेको हो ।
तेस्रो टि-२० टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लगि ब्याटिङ्गमा पथुम निसानकाले १६, दिनेश चण्डिमलले २५ र कप्तान दासुन शनाकाले ३९ रनको पारी खेलेका थिए । श्रीलंकाका यी तिन खेलाडी बाहेक अरुले दोहोरो अकंमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि बलिङ्गमा भने केन रिचर्डसनले सर्वाधिक ३ विकेट लिएका थिए । त्यसैगरी ग्लने म्याक्सवेल, जश हेजलवुड र एस्टन एघारले पनि सामान १/१ विकेट हात पारेका थिए ।
श्रीलंकाले दिएको १२२ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ३९ रनको पारी खेलेका थिए । त्यसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । बलिङ्गतर्फ श्रीलंका महेश थेक्षानाले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
वि.सं.२०७८ फागुन ४ बुधवार ११:१६ मा प्रकाशित



























