back
CTIZAN AD

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

वि.सं.२०७८ फागुन ४ बुधवार

660 

shares

४ फागुन, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक व्यक्तिको आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना पुरा गर्न न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।

यस जीवन बीमाका विशेषताहरुः
नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू.१,००,०००/–(एक लाख) देखि अधिकतम बीमाङ्क रकम रू. १०,०००,०००/–(एक करोड) सम्मको बीमा गर्न सकिने छ ।

जस्तै, ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै, ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३१० रुपैयाँ बीमाशुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई एकमुष्ट बीमाशुल्क भुक्तानी गर्दा ७ लाख ३२ हजार १०५ रुपैयाँ बीमाशुल्क मात्र लाग्ने छ ।

यस योजनामा समावेश भएका सुविधाहरु :
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ % छुट, अर्ध वार्षिकबीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु.२५,००,००० सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५,००,००० भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १ % छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।
तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।

दुर्घटना मृत्यु लाभ सुविधा
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/–(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था :

पूर्ण अवधि भुक्तानि
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात सम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दावि भुक्तानि
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चातबीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्करकम एक मुष्ट भुक्तानी दिइने इन्स्योरेन्सले जनाएको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार ११:५२ मा प्रकाशित

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ...

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

काठमाडौं: सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...