back
CTIZAN AD

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रेपलाञ्चोकबाट कुन पालिकाबाट कति विधालय छनोट ?

वि.सं.२०७८ फागुन ५ बिहीवार

651 

shares

काभ्रेपलाञ्चोक । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् ।

छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् । यस्तै शिक्षा मन्त्रालयका अनुसार अन्य स्थानीय तहमा बनेपा नपामा आठ, धुलिखेल नपामा पाँच, पनौती नपामा पाँच, नमोबुद्ध नपामा तीन, पाँचखाल नपामा तीन तथा बेथानचोक गाउँपालिकामा चार, भुम्लुमा दुई, खानीखोलामा तीन, रोशीमा तीन, चौँरीदेउरालीमा पाँच र तेमालमा सात विद्यालय छनोटमा परेका हुन् । काभ्रेपलाञ्चोकमा ५०० भन्दाबढी विद्यालय छन् ।

छनोटमा परेका विद्यालयमा एक कम्प्युटर ल्याब, एक बाली विज्ञान, एक कम्प्युटर विज्ञानलगायत आइसिटी ल्याब व्यवस्थापन गरिने जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार यस कार्यक्रमअन्र्तत वाग्मती प्रदेशका १४ जिल्लामा भने विद्यालय भवन निर्माणका लागि हाल बजेट विनियोजन गरिएको छैन ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । मन्त्रालयका अनुसार कार्यक्रमका लागि देशरभरका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले भवन निर्माण, आइसिटी ल्याब, तथा प्राविधिक विद्यालय व्यवस्थापन र घेराबार गरी खेलमैदान निर्माणका लागि प्रस्ताव पठाएका थिए ।

 

वि.सं.२०७८ फागुन ५ बिहीवार १२:३३ मा प्रकाशित

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...