back
CTIZAN AD

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

वि.सं.२०८३ जेठ ४ सोमवार

336 

shares

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे । सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरे ।

सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउदैँ वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गरिन् ।

सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरे । सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिए । सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गरिन् ।

सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गरे । सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गरे । सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गरे ।

सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे । सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउँदैँ ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिईन् ।

सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्दैँै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गरे । सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गरे ।

सांसद आशिका तामाङले धादिङमा पर्ने राजमार्गमा धेरै समस्या आउने गरेकाले समाधान खोज्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए । विद्युतीय सवारीमा चार्ज सकिएर सवारी अलपत्र हुने गरेकाले पर्याप्त मात्रामा चार्जिङ स्टेसनको व्यवस्था गरिनुपर्ने उनकोे भनाइ थियो ।

सांसद इन्दिरा रानामगरले झापा अर्जुनधारा क्षेत्रको ११ बिघा जग्गाको समस्या समाधान गर्न माग गरे । सांसद यशोदाकुमारी बरालले वैदेशिक रोजगारीमा गई समस्या परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरे।

सांसद अङ्किता ठाकुरले छिन्नमस्ता भगवती मन्दिरमा पूर्वाधार विकास गरी पर्यटकको वृद्धि गरिनुपर्ने बताए । राजबिराज शहरको विकासमा ध्यान दिन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका धेरै पालिकामा सामान्य हावा चलेका बेलामा पनि झ्याप झ्याप बत्ती जाने गरेकाले पोल र तार फेर्न माग गर्नुभयो । सांसद कालीबहादुर सहकारीले सरकारले प्रतिपक्षका कुरा नसुन्ने, आफुखुसी काम गर्ने गर्दा समस्या आएकाले सरोकार भएकाको ध्यानाकर्षण गराए ।

सांसद कुसुम महर्जनले बेरुजु बढ्दै जाँदा करको दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही माग गरेका थिए । सांसद कृपा महर्जनले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा विदेशबाट आयातित सामानको बिक्री वितरण नहुने गरी नीति ल्याउन माग गरे ।

सांसद कृपाराम रानाले व्यक्तिको हत्याका दोषीलाई कारबाही गर्न माग गरे । सांसद केपी खनालले सुदूरपश्चिम प्रदेशको सेती लोकमार्ग लामो समयदेखि अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरे ।

सांसद कृष्णहरि बुढाथोकीले रामेछापमै अहिलेसम्म पनि टेलिफोनको समस्या भएको, खानेपानी अभाव रहेको, बाँदरको आतङ्क भएको, रासायनिक मललगायतका समस्या समाधान गर्न माग गरे ।

सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हु्न्छ भन्ने भ्रम पालिएको बताउँदै कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गरे ।

वि.सं.२०८३ जेठ ४ सोमवार १४:२३ मा प्रकाशित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

काठमाडौँ । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

अनेमसंघको केन्द्रीय बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

अनेमसंघको केन्द्रीय बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौँ । अखिल नेपाल महिला सङ्गठन(अनेमसंघं)को केन्द्रीय कार्यालयको प्रथम बैठक...