back
CTIZAN AD

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

वि.सं.२०८३ साउन २५ सोमवार

69 

shares

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ऋण उठाउने तालिकाअनुसार सरकारले चालु आर्थिक वर्षभरि ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब गरी जम्मा १ खर्ब रुपैयाँ ऋण उठाउनेछ।

त्यस्तै, दोस्रो त्रैमास (कात्तिक–पुस) मा ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड गरी कुल ९३ अर्ब रुपैयाँ ऋण उठाइनेछ।

तेस्रो त्रैमास (माघ–चैत) मा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब गरी १ खर्ब २० अर्ब रुपैयाँ ऋण परिचालन गरिनेछ।

चौथो त्रैमास (बैशाख–असार) मा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड गरी कुल ९७ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको तयारी छ।

यसरी सरकारले ब्याजदर तुलनात्मक रूपमा अनुकूल रहेको समयमा ठूलो परिमाणमा आन्तरिक ऋण परिचालन गर्न लागेको देखिन्छ। यद्यपि, बढ्दो सार्वजनिक ऋणसँगै यसको ब्याज तथा साँवा भुक्तानीको दायित्व पनि बढ्ने भएकाले ऋणको सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने चुनौती सरकारसामु रहेको छ।

विगतका वर्षहरूको तुलनामा अहिले आन्तरिक ऋणको ब्याजदर उल्लेख्य रूपमा घटेको छ। नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलताका कारण सरकारलाई कम ब्याजदरमा ऋण परिचालन गर्न सहज भएको हो।

वि.सं.२०८३ साउन २५ सोमवार ११:०६ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...