back
CTIZAN AD

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

वि.सं.२०८३ साउन २५ सोमवार

69 

shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा सम्पन्न भएको छ।

आइतबार भएको उक्त बैठकमा सभापति थापाले समसामयिक राजनीतिक अवस्था तथा प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख विषयका रूपमा लिँदै नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायतका विषयमा छलफल भएको छ। साथै, प्रचार–प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदनका विषयमा समेत छलफल भएको जनाइएको छ।

त्यस्तै, पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने उपाय, सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसको संसद र संसदबाहिरको भूमिकाका विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।

बैठकमा प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा समेत गहन छलफल भएको थियो ।

केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्दै पार्टीलाई आगामी दिनमा थप संगठित, प्रभावकारी र गतिशील बनाउँदै १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्दैछ । हिजोको बैठकमा उठेका विषयमा थप छलफल तथा आवश्यक निर्णय गर्ने तयारी रहेको पार्टीले जनाएको छ।

वि.सं.२०८३ साउन २५ सोमवार ११:३१ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...