back
CTIZAN AD

एनआरएनएले भन्यो–युक्रेनका नेपाली सबै सुरक्षित छन्

वि.सं.२०७८ फागुन १३ शुक्रवार

837 

shares

 काठमाडौं । रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि त्यहाको अवस्था तनावग्रस्त बनेको छ ।

बिहीबार बिहान रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ । आक्रमणमा परि केही युक्रेनी नागरिक र रुसी सेनाको समेत मृत्यु भएको छ ।

यसैबीच युक्रेनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ल र केन्द्रीयय प्रवक्ता डिबी क्षेत्रीले युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको दावी गरेका छन् ।

प्रवक्ता क्षेत्रीले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै झण्डै ३८ नेपाली एनआरएनए युक्रेनको सम्पर्कमा आएको समेत जानकारी दिइर्एको छ । उनीहरु लामो समयदेखि युक्रेनमा स्थायी रुपमा बसोबास गर्दै आएको विज्ञप्तिमा उल्लेखछ ।

‘त्यसबाहेक पनि युक्रेनमा ४४ विद्याथीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । एनआरएनएको विज्ञप्तिमा भनिएको छ, ‘त्यहास्थित सबै नेपालीहरुलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन हुन अनुरोध गर्दछौं ।’

एनआरएनएले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवस्यक परे स्वदेश फर्किन समेत आग्रह गरेको छ ।

यदि कोही नेपाली समस्यामा परेको भए एनआरएनए युक्रेनका अध्यक्ष हरि मल्लको ३८०९३४३४७७०० मा फोन सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

युक्रेनमा रहेका विरेन्द्र खड्का भन्छन्–झण्डै ५ हजार नेपाली छौ
गैरआवासीय नेपाली संघ युक्रेनले झण्डै ४ सयको संख्यामा नेपालीहरु आफ्नो सम्पर्कमा रहेको र उनीहरु सुरक्षित रहेको दावी गरिरहेका बेला युक्रेनमा कार्यरत बीरेन्द्र खड्काले युक्रेनमा झण्डै ५ हजार नेपाली रहेको संचारमाध्यमलाई जानकारी दिएका छन् ।

उनले रुस र युक्रेन दुईदेशको लडाइका कारण त्यहाँ रहेका नेपालीहरु समेत समस्यामा परेको, बैंकमा रहेको पैसा निकाल्न नमिलेको खाद्यान्न समाग्रीको मूल्य बढेको र नेपालीहरु त्यहाँबाट बाहिर कसरी निस्कने भन्नेमा चिन्तित रहेको बताएका छन् ।

उनले युक्रेनमा बढी विद्यार्थीहरु रहेको बताउँदै एउटै होस्टलमा २०० सम्म नेपालीहरु बसेको उनले बताएका छन् । खड्काले खार्की सिटीमा रहेका नेपालीहरु अत्यन्तै त्रसित भएको बताएका छन् ।

खड्काले युक्रेनमा रहेका नेपालीको उद्धारका लागि सरकाले तत्काल तदारुकता देखाओस् भन्ने अनुरोध समेत गरेका छन् ।

May be an image of text

वि.सं.२०७८ फागुन १३ शुक्रवार ०९:२८ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...