back
CTIZAN AD

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

वि.सं.२०७८ फागुन १३ शुक्रवार

990 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका बारे छलफल हुने सम्भावित कार्यसूचीमा रहेको छ ।

एमसीसीलाई सम्भावित कार्यसूचीम राखेर बिहीबार बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित गर्न गरेको आग्रहपछि सभामुख अग्नि सापकोटाले शुक्रवार दिउँसोलाई सारेका थिए ।

बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिले बैठकका लागि कार्यसूची तय समेत गरेको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्रीको आग्रहमा सभामुखले बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा राजनीतिक दलहरुसँग सहमति नजुटिसकेको भन्दै बैठक स्थगित गरेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिका लागि पुनः छलफल गरेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले झण्डै एकवर्षपछि ओलीसँग भेट गरेका छन् । भेटमा एमालेले एमसीसीका बारेमा एमालेको निर्णय र राष्ट्रियहितका लागि एकजुट भएर जानुपर्ने छलफल गरिएको समेत बताइएको छ ।

बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने रहेको थियो ।

वि.सं.२०७८ फागुन १३ शुक्रवार १०:११ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...