back
CTIZAN AD

राष्ट्रिय स्वाधीनता, शान्ति र समृद्धिका लागि निर्णायक आन्दोलनमा उत्रन अनुरोध

वि.सं.२०७८ फागुन १३ शुक्रवार

864 

shares

काठमाडौं । एमसीसी खारेज संयुक्त अभियानले राष्ट्रिय स्वाधीनता, शान्ति र समृद्धिका लागि निर्णायक आन्दोलनमा उत्रन अनुरोध गरेको छ ।

अभियानका सयोजक नारायण शर्माले अमेरिकी सहयोग सम्झौता एमसीसीका कारण नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वत्व र अस्तित्वका साथै शान्ति र समृद्धि समेत संगीन र गम्भीर संकटमा परेको भन्दै सबैलाई एमसीसी विरोधि आन्दोलनमा उत्रन आग्रह गरेका छन् ।

यस्तो छ शर्माको अनुरोध
चरम राष्ट्रघाती एमसीसी सम्झौताका कारण आज नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वत्व र अस्तित्वका साथै शान्ति र समृद्धि समेत संगीन र गम्भीर संकटमा परेको अवस्था छ । त्यसैले एमसीसी सम्झौता र यसमार्फत भैरहेका र हुने वैदेशिक चलखेल र हस्तक्षेपका विरुद्धमा देसव्यापी आन्दोलन चर्कँदै जाँदा दलाल देउवा सरकारको दमनसंगै जनताको प्रतिरोध आन्दोलन पनि संयुक्त, सशक्त, निर्णायक र परिणाममुखी बन्दै गैरहेको छ ।

देशभक्तिपूर्ण यो आन्दोलनलाई छिटै उत्कर्ष र निष्कर्षमा पुराउनको लागि देशप्रति जिम्मेवार सम्पूर्ण शक्ति, संघसंस्था, संगठन, अभियान र मंच–मोर्चाहरु एवं तीसँग सम्बन्धित अभियन्ताहरु र स्वतन्त्र नागरिकहरु सबैका सबै अबिलम्ब आन्दोलनमा उत्रनुको विकल्प छैन ! तसर्थ राष्ट्रघाती एमसीसी पारित गर्न खोज्ने सरकार, संसद र शासन–प्रशासनका संचालकहरुको संकेन्द्रण हुने स्थल संसद भवन घेराउ गरी खबर्दारी गर्ने आन्दोलनलाई निर्णायक बनाउनको लागि हुने विरोध प्रदर्शनको कार्यक्रममा समर्थन, सहयोग र सहभागीता जनाई आफ्नो देसप्रतिको राष्ट्रिय दायित्व पूरा गर्नुहुन सम्बन्धित सबै महानुभाव र आम जनसमुदायहरुलाई निम्न स्थान र समयमा उपस्थित हुनुहुन विशेष हार्दिक अनुरोध गर्दछौं !’
मिति : २०७८/११/१३
समय : मध्यान्ह ठीक १२ बजे
स्थान: शंखमूल पुल, काठमाडौंमा जम्मा भै जुलुस, नारा र कोणसभाहरु गर्दै दिउसो १ बजे बानेश्वर पुग्ने ।
(नोट: सम्बद्ध सबैले आआफ्ना झण्डासहित कम्तीमा १÷१ वटा नेपालका राष्ट्रिय झण्डा, आआफ्ना व्यानर र प्लेकार्डहरु लिएर आउन सक्नुहुनेछ ।)
धन्यवाद !
नारायण शर्मा
संयोजक
एमसीसी खारेज संयुक्त अभियान, नेपाल

वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:१७ मा प्रकाशित

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...