back
CTIZAN AD

युक्रेनमा रूसी आक्रमणको निन्दा गर्ने प्रस्ताब विफल, यी ४ देश अनुपस्थित

वि.सं.२०७८ फागुन १४ शनिवार

639 

shares

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन ।

शुक्रबारको रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो ।
रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् ।

संयुक्त राज्य अमेरिका र अल्बेनियाद्वारा सह–लेखन गरिएको यस प्रस्तावमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए भने चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन् ।

परिषद्को स्थायी सदस्यको रूपमा मस्कोको भिटो शक्तिको कारण यो प्रस्तावना असफल हुने निश्चित प्रायः थियो । तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ ।

May be an image of 9 people, people standing, indoor and text that says 'UNITED KINGDOM UNITED STATES ALBANIA'

मतदानपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले कसैलाई भलो नगर्ने जिकिर गर्दै भने, “सैनिकहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ र नेताहरु वार्ता र शान्तिको बाटोमा लाग्नु पर्छ ।”

संयुक्त राष्ट्रसंघको मतदानपछि राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले भनिन् “म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । रुसले प्रस्तावलाई भिटो गर्न सक्नुहुन्छ, तर उसले हाम्रो आवाजलाई भिटो गर्न सक्दैन । सत्यलाई भिटो प्रयोग गर्न सक्दैन । उसले हाम्रो सिद्धान्तलाई भिटो गर्न सक्छ तर युक्रेनी जनतालाई भिटो गर्न सक्दैन ।”

प्रस्तावनामा बढी समर्थन जुटाउन मतदान हुनुभन्दा केही घण्टाअघि सुरक्षा परिषद्सामु राखिएको प्रस्तावना खाकामा रहेका शब्दलाई मतदान हुनुभन्दा केही घण्टा पहिले नरम बनाइएको थियो । जस्तै ः प्रस्तावनामा रहेको ‘निन्दा’ शब्दको ठाउँमा ‘गम्भीर असहमति’ गरिएको थियो र सदस्यहरूलाई शान्ति पुनः स्थापना गर्न सैन्य कारबाही गर्न अनुमति दिन्छ भन्ने संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ को सन्दर्भलाई हटाइएको थियो ।

उक्त प्रस्तावनाले युक्रेनको सार्वभौमिकतालाई पुनः पुष्टि गरÞ्यो र रूसलाई ‘तुरुन्तै युक्रेन विरुद्ध बलको प्रयोग बन्द गर्न’ आह्वान गरÞ्यो । अन्ततः ७० भन्दा बढी देशहरूले यस प्रस्तावनाको सह–प्रायोजन गरे ।

संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बार्बरा वुडवर्डले भनिन् “गल्ती नगर्नुहोस्, रूस एक्लो छ । युक्रेनको आक्रमणलाई कसैको समर्थन छैन ।”

रूसको आक्रमणलाई ‘उत्तेजक र हठी’ भनी वर्णन गर्दै हामीलाई यस पहिले नै जानकारी भएझै यसले अन्तरराष्ट्रिय प्रणालीलाई खतरामा पार्ने थोमस–ग्रिनफिल्डले बताए ।

संयुक्त राष्ट्रसंघका लागी रूसी राजदूत भासिली नेबेन्जियाले उक्त प्रस्तावनालाई ‘रूसी र युक्रेनी विरोधी’ भनेर विरोध जनाए । उनले भने, “हामीलाई आक्रमणको सङ्ख्याको आधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन छ । तपाईंले नैतिकता कायम गर्न सक्नुहुन्न ।”

युक्रेनी राजदूत सर्गिय किस्लित्स्याले सदस्यहरूलाई ‘शान्तिको लागि प्रार्थना गर्न’ आग्रह गर्दै केही समय शान्त बनेको सुरक्षा परिषद्को बैठक कक्षमा उभिएका थिए । उनले नबेन्जियालाई पनि ‘मुक्तिको निम्ति प्रार्थना’ गर्न आग्रह गरेकहा थिए ।

किस्लित्स्याले “रूस नाजी शैलीको कार्यलाई निरन्तरता दिन उत्सुक रहेको आरोप लगाउँदा सहभागी सदस्यहरूले व्यापक रूपमा ताली बजाएका थिए ।
आफ्नो देशको अपनत्व माथिको व्याख्या गर्दै चिनियाँ राजदूत झाङ जुनले नाटो विस्तारबारे उल्लेख गर्दै भने, “रूसको वैधानिक सुरक्षा आकांक्षालाई ध्यान दिएर उचित सम्बोधन गर्नुपर्छ ।” एएफपी

वि.सं.२०७८ फागुन १४ शनिवार २०:५९ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...