back
CTIZAN AD

आज संसद बैठक बस्दै, अमेरिकी सहयोग एमसीसीबारे छलफल हुने

वि.सं.२०७८ फागुन १५ आइतवार

918 

shares

काठमाडौं । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

आजको बैठकमा गत आइतवार टेवुल गरिएको अमेरिकी सहयोग परियाजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने संसदको सम्भावित कार्यसूचीमा रहेको छ ।

फागुन ८ गते आइतवार सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहदुर कार्कीले संसदमा टेवल गरेको एमसीसीका विषयमा छलफलका लागि पटक–पटक संसदको बैठक आव्हान गरेपनि त्यसले छलफलमा प्रवेश पाउन सकेको छैन ।

गत आइतवार (फागुन ८ गते) एमालेको अवरोधका बीच संसदमा टेवुल भएको एमसीसी १२ गतेको संसद बैठकमा छलफल हुन नसकेपछि १३ गतेलाई सारिएको थियो । १३ गते पनि प्रधानमन्त्रीले सत्तारुढ गठबन्धन भित्रका दलहरु र बाहिर रहेको एमालेसँग एमसीसी बारे छलफल र सहमति जुटाउन भन्दै सभामुख अग्नि सापकोटालाई बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

सभामुख सापकोटाले उक्त बैठक आजका लागि (फागुन १५) सारेका थिए । आजको बैठकमा पनि एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार ०९:१७ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...