back
CTIZAN AD

भारत ७ विकेटले विजयी, श्रेयस अय्यरको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ फागुन १५ आइतवार

801 

shares

१५ फागुन, काठमाडौँ । भारत र श्रीलंका बिचको दोस्रो टि-२० मा भारतले ७ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा पथुम निसानकाले सर्वाधिक ७५ रन बनाएका थिए । भारतका लागि बलिङ्ग तर्फ भने बुमराह, भुवनेश्वर, हर्षल, चाहल र जडेजाले समान १/१ विकेट हात पारेका थिए ।

श्रीलंकाले दिएको १८६ रनको विशाल लक्ष्य भारतले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि श्रेयस अय्यरले ४४ बलमा ७४ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी रोहित शर्माले १, इशान किसनले १६, सञ्जु सैमसनले ३४ र रविन्द्र जडेजाले ४५ रनको योगदान दिएको थिए । श्रीलंकाका लागि बलिङ्गमा लाहिरु कुमारले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ३ खेलको टि-२० श्रृखला १ खेल बाँकी रहदैँ आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १०:२५ मा प्रकाशित