back
CTIZAN AD

एमसीसी पास गरिएको कालो दिनको विरुद्ध पूर्णतः आन्दोलित हुन शर्माको आव्हान

वि.सं.२०७८ फागुन १६ सोमवार

711 

shares

काठमाडौं । एमसीसी खारेज संयुक्त अभियानका संयोजक नारायण शर्माले एमसीसी पास गरिएको कालो दिनकाविरुद्ध पूर्णत आन्दोलित हुन आव्हान गरेका छन् ।

संयोजक शर्माले फागुन १५ गते सर्वाधिक राष्ट्रघाती एमसीसी संझौता नेपालको संसदबाट पारित गरिएको एक कालो दिन रहेको भन्दै यसै दिनदेखि नै आजसम्म कसैको अधीनमा नरहेको स्वाधीन र सार्वभौम नेपालको इतिहासमा पराधीनता र गुलामीको कालो कलंकको टीका स्वाभिमानी र स्वतन्त्र नेपाल र नेपालीको निधारमा लाग्न पुगेको बताएका छन् ।

संयोजक शर्माले भनेका छन्
एमसीसी सम्झौतामाथि कथित व्याख्यात्मक टिप्पणी गरेर संसदवादी दलाल दल र नेता–सांसद–मन्त्रीहरुले यो कलंकको कालो टीका लगाएका हुन् । यो व्याख्यात्मक टिप्पणी भ्रमको खेती गर्ने र देश बेच्ने महाकाली सम्झौतामा गरिएको संकल्प प्रस्तावको नयाँ र झन् घातक संस्करण हो । सम्झौतामाथिको यो व्याख्यात्मक टिप्पणी एकातिर देश र जनतालाई दिइएको भ्रम, धोका र गद्दारीले भरिएको एक पाखण्डपूर्ण प्रहसन हो भने अर्कातिर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गुलामीको नाङ्गो प्रदर्शन हो । हामी यसप्रकारको नौटङ्की गरेर हाम्रो असंलग्न र स्वतन्त्र राष्ट्र नेपाललाई इन्डो–पश्चिमा सैन्य क्याम्पमा सामेल गर्ने र देशलाई विश्व महाशक्तिराष्ट्रहरुको रणभूमि बनाउने यसप्रकारको दलाली र गद्दारीले भरिएको महाघातक र महाआपराधिक कुकर्मको घोर निन्दा, भत्सर्ना र भण्डाफोर गर्न चाहन्छौं । साथै, नेपाललाई पूर्ण उपनिवेश बनाउने यो एमसीसी सम्झौतालाई हामी जनताको तर्फबाट खारेज पनि गर्दछौं ।
यसै सन्दर्भमा देशका विभिन्न वामपन्थी र देसभक्त शक्तिहरुले एमसीसी पारित गरिएको दिनलाई कालो दिनको संज्ञा दिंदै फागुन १६ गते नेपाल बन्दरुपी संघर्षको आयोजना गरेका छन् । हामी यो बन्दप्रति दृढ समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछौं । साथै, यसप्रति सद्भाव राख्न, सहयोग गर्न, सहभागी हुन र सफल पार्नको लागि ःएमसीसरी खारेज संयुक्त अभियानसँग सम्बद्ध सम्पूर्ण सचेत देशभक्त, राष्ट्रप्रेमी अनि न्याय, समानता र स्वतन्त्रताका पक्षधर नेपाली क्रान्तिकारी शक्ति, संघसंस्था र तिनमा आबद्ध अभियन्तालगायत आम जनसमुदायहरुलाई हार्दिक अनुरोध समेत गर्न चाहन्छौं !
अतः आउनुहोस्, आजको बन्द सफल पार्नको लागि काला झण्डा र कालै व्यानर बोकेर अनि काला पट्टी र कालै फेटा बाँधेर जुलुस, नारासहित ऐतिहासिक विरोध प्रदर्शनमा सकृय र समर्पित होऔं !

स्मरणीय छ कि सुगौली सन्धि र त्यसयताका सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि लगायत विभिन्न सन्धि–सम्झौताहरुमार्फत अर्ध र नवउपनिवेश बन्न पुगेको नेपाल आज एमसीसी पारित भएको दिनदेखि पूर्ण उपनिवेश बन्ने दिशामा गएको छ । यसले गर्दा अब नेपाली क्रान्तिले पनि राष्ट्रिय मुक्ति आन्दोलनको दिशा पक्रनु पर्ने र साम्राज्यवाद विरोधी दीर्घकालीन बृहत् र सशक्त संयुक्त मोर्चा निर्माण गरी त्यसमार्फत दीर्घकालीन सशस्त्र संघर्ष पनि गर्नुपर्ने आवश्यकता टड्कारो भएको छ । तसर्थ, विभिन्न ठाउँमा छरिएर रहेका देशका सम्पूर्ण सचेत र सच्चा देशभक्त, राष्ट्रप्रेमी, स्वाभिमानी, न्याय–समानता पक्षधर वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु एउटै केन्द्रमा केन्दृत हुने दिशातिर पनि पहल बढाउनु जरुरी छ ।

त्यसकारण आज फागुन १६ गते राष्ट्रघाती एमसीसीलाई जनस्तरबाट खारेज भएको प्रमाणित गर्न नेपाल बन्दलाई सफल र सार्थक बनाउन मद्दत गरौं !’

वि.सं.२०७८ फागुन १६ सोमवार ०९:२१ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...