काठमाडौं । नेकपा एमालेका सांसद मोन बानिया बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
नेपालगन्जबाट काठमाडौं आउन लागेका बानियालाई प्रहरीले एयपोर्टबाटै पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेका अनुसार ४० वर्षीया महिलाले आफुमाथि बानियाले बलात्कार गरेको भन्दै २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । महिलाले दिएको उजुरीको आधारमा बानियाँलाई पक्राउ गरिएको बताइएको छ ।
शिक्षिका समेत रहेकी ती महिलाले आफुले दिएको २५ लाख रुपैयाँ फिर्ता दिन्छु भन्दै होटलमा बोलाई बानियाले आफुमाथि जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् ।
बानियाले भने उक्त आरोप अस्वीकार गर्दै शिक्षिकासँग चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला आफुमाथि यस्तो आरोप लागेको भन्दै बचाउ गर्दै आएका थिए ।
वि.सं.२०७८ फागुन १६ सोमवार २२:१८ मा प्रकाशित






























