back
CTIZAN AD

हत्या गरेर कतार र बहराइन पुगेका दुई पुरुषलाई इन्टरपोलको सहयोगमा पक्राउ

वि.सं.२०७८ फागुन २४ मंगलवार

717 

shares

काठमाडौँ । व्यक्ति हत्याका दुई आरोपीलाई प्रहरीको इन्टरपोल शाखामार्फत कतार र बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त सोही जिल्लाका ४६ वर्षीय अशोक गुरुङ १५ वर्षपछि पक्राउ परेका हुन् । विसं २०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ ।

कतारमा पक्राउ

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको छ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो ।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जानकारी दिएको छ । रासस

 

 

वि.सं.२०७८ फागुन २४ मंगलवार २०:३३ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...