२६ फागुन, काठमाडौँ । रियल म्याड्रिडले पिएसजीलाई ३-१ गोलले पराजित गर्दैै युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा १ गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक गरेपछि रियल पेरिस सेन्ट जर्मेनलाई ३–१ ले हराएको हो ।
खेलको पहिलो हाफको ३९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा कप्तान करिम बेन्जेमाले पहिलो गोल गर्दै गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसैगरी ७६ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाएका थिए भने ७८ औँ मिनेटमा बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै सानदार पूनरागमन जित दिलाएका थिए ।
वि.सं.२०७८ फागुन २६ बिहीवार ११:४१ मा प्रकाशित
























