back
CTIZAN AD

एनआरएनएको निर्वाचनः उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)

वि.सं.२०७८ फागुन २९ आइतवार

702 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यहि २४–२५ मार्चमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि दिइएको समय ७ मार्चदेखि ११ मार्चसम्म एनआरएनएको विभिन्न पदका लागि ५० जनाले उम्मेदवरी दर्ता गरेका छन् ।

संघले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उम्मेदवारीमा कोही कसैको दावी विरोध भएमा मार्च १२ तारिखको १२ बजेदेखि १३ मार्च १० बजेसम्म दावी विरोध गर्न सकिने सूचना समेत जारी गरेको छ ।

उक्त प्रकाशित नामावली अनुसार संघको अध्यक्ष पदमा अमेरिकाबाट रबिना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपाध्यक्षहरुमा महिला उपाध्यक्षमा साउदीबाट यासमीन बेगम, उपाध्यक्षमा ओमानबाट डम्बर बहादुर (डि.बी) क्षेत्री, युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापा, अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा, कतारबाट राजेन्द्र कुमार शर्मा, जापानबाट टंक प्रसाद गैरे, महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी महिला सचिवमा हङकङबाट राधिका गुरुङ, युकेबाट रामशरण सिंखडा, जापानबाट अजिव (ओम) गुरुङ, क्यानडाबाट चिरन्जीवि घिमीरे, अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमान सिंह बस्नेत तथा कोषाध्यक्षमा बेल्जियमबाट लोक प्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्त, सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा, युवा संयोजकमा रविन्द्र खड्का, मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोष कुमार भट्टराई, ओसेनिया संयोजकमा लाल बहादुर केसी, दिपक शर्मा, दिनेश राज जोशी, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्रिय उपसंयोजक
युरोप उपसंयोजकमा ललित कुमार न्यौपाने, डा. नवराज रोस्यारा, सागर सुवेदी, चित्र बहादुर सुवेदी, एसिया प्यासेफिकमा ददिवल खड्का, नविन वि.क, हरि प्रसाद भट्टराई, अमेरिकाजमा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहोरा, मध्यपूर्वमा लाल प्रसाद पुन, अमित राई, कृष्ण बहादुर हमाल, अफ्रिकामा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा लागि अशोक केसी र रामराज ओलीले उम्मेदवारी दिएका छन् ।

क्षेत्रिय महिला संयोजकमा तृष्णा शर्मा अमेरिकाज, पान कुमारी मल्ल युरोप, शान्ति देवी अधिकारी एसिया प्यासेफिक, उषा किरण बरिया ओसेनिया संयोजकमा उम्मेदवारी दिएका छन् भने उपसंयोजकमा इन्दिरा त्रिपाठी–अमेरिकाज, डा. इन्दिरा तिवारीले एसिया प्यासेफिक उपसंयोजकमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्रिय युवा संयोजकमा किरण गुरुङ –युरोप, स्वराज खाती– क्षेत्रिय युवा संयोजक, दिपक प्रसाद कंडेल एसिया प्यासेफिक, रोजनराज घिमीरे –अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्रिय युवा संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिकाज युवा उपसंयोजकमा ईश्वर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

कुल आर्चाय समूहले उम्मेदवारी नदिने
एनआरएनएभित्र कूल आर्चाय समूह र कुमार पन्त समूहबीचको विवाद साम्य हुन नसकिरहेका बेला निर्वाचन प्रक्रिया अगाडि बढेको छ । संस्थाभित्रै एकअर्काबीच तिब्र विवाद गहिँरिदा कूल आचार्य पक्षले भने तिब्र असन्तुष्टि जनाउँदै निर्वाचननै बहिष्कार गरेको छ । आचार्य समूहले कुमार पन्त समूहले प्रतिनिधि विवाद समाधान नगरी एकलौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै आपत्ति जनाएको छ ।

आचार्य पक्षले शुक्रवार छुट्टै महाधिबेशन आयोजक कमिटी र निर्वाचन कमिटी गठन गर्दै दशौ महाधिबेशन मार्च २२ देखि २५ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको छ ।

 

वि.सं.२०७८ फागुन २९ आइतवार १०:११ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...