back
CTIZAN AD

माओवादी बैठकमा प्रचण्डको सम्बोधन : जालझेल र सेटिङ गरेर चुनाव जित्न हामी सक्दैनौं

वि.सं.२०७८ चैत २ बुधवार

798 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी खेलमा आफुँहरु कमजोर रहेको बताएका छन् । उनले माओवादीले जालझेल र सेटिङ्ग नजान्ने बताए ।

उनले जालझेल, षडयन्त्र र सेटिङ्गमा लामो समयदेखि कांग्रेस र एमाले माहिर रहेको बताए । “जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ”, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले भने, “माओवादीहरू त्यसमा सिपालु छैनन्, त्यसमा काँग्रेस एमाले नै सिपालु छन्, जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ ।”

उनले जालझेल र षडयन्त्र गर्नेलाई जवाफ दिन चाहिँ आफुँहरुले सक्ने बताए । “हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ, इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ”, उनले भने ।

प्रचण्डले आगामी चुनाव माओवादीका लागि जीवन मरणको सवाल भएको बताएका छन् । उनका अनुसार आगामी चुनावमा माओवादीलाई हराउन आन्तरिक शक्ति मात्रै होइन बाह्य शक्ति पनि हात धोएर लागेका छन् ।

प्रचण्डले भने, “आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ–जीवन मरणको लडाइँ भएर आउँदैछ ।”

वि.सं.२०७८ चैत २ बुधवार १६:३९ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...