back
CTIZAN AD

कडा निर्वाचन आचारसंहित : प्रचार सामग्रीदेखि मन्त्रीहरुलाई सहभागि हुन रोक

वि.सं.२०७८ चैत ३ बिहीवार

876 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि बनाएको आचार संहिता राजपत्रमा प्रकाशित भएको छ । केही कडा प्रावधानसहित जारी गरिएको आचारसंहितमा चुनाव प्रचारप्रसारमा निकै कडाई गरिएको छ ।

आयोगले जारी गरेको आचार संहितामा आमसभामा भाग लिने तथा प्रचारप्रसार गर्नेले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा टोपी, टिसर्टलगायत प्रयोग गर्न नपाउने भएका छन्।

“जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन”, आयोगले जारी गरेको निर्वाचन आचार संहितामा भनिएको छ ।

No description available.

तर, उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने उल्लेख छ ।

आयोगले निर्वाचन प्रचार–प्रसारमा केन्द्र र प्रदेशका मन्त्रीलाई पनि सहभागि हुन रोक लगाएको छ । साथै, स्थानीय कार्यपालिकाका पदाधिकारीहरु पनि कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागि हुन नपाउने आचार संहितामा उल्लेख छ ।

वि.सं.२०७८ चैत ३ बिहीवार १७:१२ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...