back

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

वि.सं.२०७८ चैत ९ बुधवार

579 

shares

९ चैत । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:४७ मा प्रकाशित

Himalayan Life AD
ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक...

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

ढाका।   बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको...

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

स्टकहोम । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र...

ट्रम्पको नयाँ नीतिले अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो

ट्रम्पको नयाँ नीतिले अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दवावबीच संयुक्त राज्य अमेरिकाले...