back

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वि.सं.२०८२ असोज २५ शनिवार

576 

shares
वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले शुक्रबार नर्वेको नोबेल समितिको आलोचना गरेको छ ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, “नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ । चेउङले भने, “राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुहुनेछ,  युद्ध अन्त्य गर्नुहुनेछ र मानिसको ज्यान बचाउन् हुनेछ। उहाँसँग मानवतावादीको हृदय छ, र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो इच्छाको बलमा ‘समस्याका पहाड’हरू हटाउन सक्छ ।”
जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले बारम्बार उनी धेरै द्वन्द्वहरू समाधान गर्ने भूमिकाका लागि नोबेल पुरस्कारको हकदार भएको बताउँदै आएका थिए ।
ट्रम्पले शान्ति पुरस्कारको घोषणाको पूर्वसन्ध्यामा आफुलाई पुरस्कारको हकदारको रूपमा दावी गर्दै हप्ता गाजामा युद्धविरामको पहिलो चरणको मध्यस्थता उनले समाप्त गरेको आठौं युद्ध थियो ।
 उनले बिहीबार भने, “उनीहरूले जे गरे पनि ठीक छ। मलाई यो थाहा छः मैले यो पुरस्कारका लागि मात्र गरेको होइन। मैले धेरै जीवन बचाएको छु ।” ओस्लोमा नोबेल पुरस्कार विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको बताएका र पुरस्कारका लागि उनलाई कुनै अवसर नभएको बताएका थिए । (रासस/एएफपी)

वि.सं.२०८२ असोज २५ शनिवार ०८:५० मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...