back
CTIZAN AD

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वि.सं.२०८२ असोज २५ शनिवार

897 

shares
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग यसै महिना हुने भनिएको शिखर वार्ता आवश्यक नभएको शुक्रबार बताउनुभएको छ।
“चीनमा केही अनौठा घटना भइरहेका छन् । तिनीहरू धेरै शत्रुतापूर्ण बन्दै गएका छन्,” आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् ।
आधुनिक प्रविधिको एक महत्वपूर्ण घटक चीनले दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण गरिएको विरोधमा आफ्नो धारणा राखेसँगै ट्रम्पको यो भनाइ आएको हो ।  “मैले दुई हप्तापछि राष्ट्रपति सीलाई दक्षिण कोरियाको एपेकमा भेट्ने कार्यक्रम तय गरेको थिएँ, तर अहिले त्यसो गर्नुको कुनै कारण देखिँदैन”, वासिङ्टन नजिकैको सैनिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँनुभन्दा अघि सम्प्रेषण गरेको सन्देशमा उनले भनेका छन् ।
ट्रम्पले लेखेका छन्, “चीनलाई विश्वलाई ‘बन्धक’ बनाउन दिनुको कुनै अर्थ छैन, तर केही समयदेखि उनीहरूको योजना यही रहेको देखिन्छ ।” छ महिना लामो राम्रो द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गरे पनि बेइजिङ अमेरिकाबाट सकारात्मक सूचनाको ‘पर्खाइमा बसिरहेको छ’।
दुर्लभ खनिज तत्वहरू स्मार्टफोन र इलेक्ट्रिक वाहनहरूबाट सैन्य हार्डवेयर र नवीकरणीय ऊर्जा टेक्नोलोजीसम्म सबै उत्पादन गर्न महत्त्वपूर्ण छ। चीनले यी सामाग्रीको वैश्विक उत्पादन र प्रशोधनमा विशेष भूमिका खेल्दै आएको छ।
ट्रम्पले भने, “हामीले अहिले लागु गर्न खोजिरहेको एउटा नीति भनेको अमेरिका भित्रिने चिनियाँ सामानमा करमा भएको ठूलो वृद्धि हो ।” अन्य देशहरूले संयुक्त राज्य अमेरिकासँग सम्पर्क गरेको र कतैबाट बाहिर आएको भन्दै ट्रम्पले  भनेका छन्, ‘चीनको ठूलो व्यापार शत्रुता प्रति हामी नजरअन्दाज रहन सक्दैनौँ ।’
राष्ट्रपतिले यस विषयमा आफूले सीसँग कुनै कुरा नगरेको बताएका छन् । उनले चुम्बक र अन्य तत्वहरूमा एकाधिकारको स्थिति निर्माण गर्ने चीनको दृष्टिकोणलाई ‘एक भयावह र शत्रुतापूर्ण कदम’ भने ।
(रासस/एएफपी)

वि.सं.२०८२ असोज २५ शनिवार ०७:५७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...