back
CTIZAN AD

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

वि.सं.२०८२ असोज २५ शनिवार

621 

shares

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने,“पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको सङ्घारमा भए पनि महाधिवेशन हुने नहुने अन्योलता छ । त्यसैले जेनजी प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी सङ्गठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त व्यथितिप्रति प्रगतिशील विचार भएका जेनजी समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ । यसै विषयमा ध्यानाकर्षण गराएका छौँ ।”

युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बर गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए । “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको मागलाई सम्बोधन गर्नुपर्छ, निश्चित व्यवस्था गर्नुपर्छ । यस विषयमा छलफल हुन्छ”, उनले भने ।

यस्तै, सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले ‘जेनजी’ समूहबारे राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए । पार्टी केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सबै समूहको एकताबाट मात्र पार्टीको हित हुने धारणा राखे । उनले युवा पुस्तालाई बाहिर राखेर पार्टीलाई सङ्गठित र सशक्त बनाउन नसकिने भन्दै जनतामाझ जानका लागि पनि युवा प्रतिनिधित्वको विषय सम्बोधन गरिनुपर्नेमा जोड दिए।

 

 

वि.सं.२०८२ असोज २५ शनिवार १८:५४ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...