काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउन डेलिगेशन जाने भएको छ । आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोरखेलको नेतृत्वमा अहिले दिउँसो १ बजे डेलिगेशन जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
वि.सं.२०७८ चैत २४ बिहीवार १२:४० मा प्रकाशित






























