back
CTIZAN AD

बूँद रानालाई गजल प्रतिभा सम्मान

वि.सं.२०७८ चैत २८ सोमवार

903 

shares

कास्की । गजल सन्ध्या पोखराद्वारा प्रदान गरिने गजल प्रतिभा सम्मान २०७८ वरिष्ठ गजलकार बूँद रानालाइ(Bud Rana)लाई प्रदान गरिने भएको छ।

नेपाली गजल साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने गजलकारहरुलाई प्रदान गरिने गजल प्रतिभा सम्मानको राशी रु २१ हजार १ सय ११ रुपैयाँ रहेको छ। सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको बिकास ,बिस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारहरु मध्येबाट छनोट गरि यो सम्मान प्रदान गर्दै आएको छ।

बैशाखको दोस्रो साता शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर रानालाइ उक्त सम्मान प्रदान गरिने छ ।नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य रानाका गजल, बालसाहित्य लगायतका कृतिहरु प्रकाशित छन् । कवि तथा समाजसेवी ढाका थापाले स्थापना गरेको दुइ लाख रुपैयाँको अक्षयकोष मार्फत गजलकार रानालाई सम्मान गर्न लागिएको गजल सन्ध्याका अध्यक्ष बसन्त बिनोद बताए। साहित्यकार रुपिन्द्र प्रभाबीको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले यो निर्णय गरेको हो।

वि.सं.२०७८ चैत २८ सोमवार ०७:४८ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...