back
CTIZAN AD

रुकुम (पूर्व) मा सकेट बम नेपाली सेनाद्धारा निष्क्रिय

वि.सं.२०७८ चैत २८ सोमवार

723 

shares

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

आज त्यहाँका स्थानीय बासिन्दा जङ्गल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला पारेका थिए । लगत्तै उनीहरुले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी घटनास्थलमा पुगेर त्यस ठाउँलाई सुरक्षित राख्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।

योसहित सिस्ने–२ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारी निष्क्रिय गरिएको हो । गएको फागुन २६ गते दर्जन बढी बम फेला पारी निष्क्रिय गरिएको थियो भने यही चैत ११ मा पनि दुई वटा सकेट बम फेला पारी निष्क्रिय गरिएको प्रहरी निरीक्षक बानियाँले बताए ।

अहिले पनि पहिले भेटिएको ठाउँको १० मिटरको आसपासमा बम फेला परेको उनले बताए । तीनै पटक भेटिएका बमहरु सशस्त्र द्वन्द्वकालमा राखिएको हुनसक्ने प्रहरीले बताएको छ । सबै बमहरु पुराना रहेको पाइएको र केही बम खुला त केही ड्रममा राखेको अवस्थामा भेटिएका थिए । सिस्ने–२ को जङ्गलमा घाँसदाउरा जाँदा बम भेटिन थालेपछि नागरिकहरु त्रसित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बम हुनसक्ने सम्भावित ठाउँ हेरेर त्यस आसपास नजान र सावधानी अपनाउन नागरिकललाई आग्रह गरेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार २०:१७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...