back
CTIZAN AD

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

वि.सं.२०७८ चैत २८ सोमवार

840 

shares

दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रसका सभापति शङ्कर डाँगीेले जानकारी दिए ।

पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलिए चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थरुपमा वस्तु स्थितिबारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो ।

यता नेकपा (एमाले)ले भने जिल्लाका सबै वडामा एकलरुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार २०:१२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...