back
CTIZAN AD

अर्थमन्त्री भन्छन् – अर्थ व्यवस्थामाथि राजनीति नगरौं, ठूलो संकट आएको छैन

वि.सं.२०७८ चैत २८ सोमवार

924 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत अवस्था सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको शर्माको भनाई छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले तथ्याङ्क र अवस्थाले नै देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको उल्लेख गरेका हुन् । मन्त्री शर्माले फागुनसम्म कतिपय सूचकांक सुधारतिर गएको दाबी गरेका छन् । ऋण, विप्रेषण, अनुदार राजश्व संकलन वृद्धि भइरहेको भन्दै उनले अहिलेको दबाब कम हुने दाबी गरे।

उनले अर्थ व्यवस्थामाथि राजनीति नगर्न पनि आग्रह गरे। “जसरी यहाँ ठूलो संकट आयो, अब यो देश के के न हुन्छ भनेर जो गरिएको छ, तथ्याङ्क र अहिलेको हाम्रो अवस्थाले पनि के देखाउँछ भने हाम्रो अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन”, शर्माले भनेका छन्, “अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ । राजनीतिकरण गर्नुहुँदैन ।”

मन्त्री शर्माले विदेशी लगानी बढाउने, विलासिताका सामानहरुको आयात कटौती गर्ने र उत्पादनका क्षेत्रमा लगानी बढाउने बताए। अर्थ मन्त्रालयले आवश्यकता अनुसारको कदम चाल्दै जाने उनको भनाइ छ।

सरकारले विलासिताका सामानहरुको आयात कटौती गर्नेलगायतका निर्णयहरु गरेको जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालयले आवश्यकता अनुसारको कदम चाल्दै जाने छ।

वि.सं.२०७८ चैत २८ सोमवार १७:५७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...