back
CTIZAN AD

चुनावमा ६ करोड खर्च भएको भन्ने शंशाकलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

वि.सं.२०७८ चैत २८ सोमवार

885 

shares

काठमाडौं । निर्वाचनमा ६ करोड खर्च भएको बताउने नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सोमबार आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्नेगरि स्पष्टीकरण सोधेको हो ।

कोइरालाले ०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको तथ्यांक निर्वाचन आयोगलाई पेश गरेका थिए । तर, एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ६ करोड खर्च भएको अभिव्यक्ति दिएका थिए ।

“पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो, दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड”, उनले भनेका थिए, “ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट ? म छोड्न तयार छु, तपाईंहरुले कम्तीमा ६/७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ।”

निर्वाचन आयोगले तत्कालिन समय खर्चको सीमा जम्मा २५ लाखसम्म तोकेको थियो । आयोगले उक्त अभिव्यक्ति चर्चामा आएपछि स्पष्टीकरण सोधेको हो ।

कोइराला २०७४ सालमा नवलपरासी पूर्व–१ बाट विजयी भएका थिए ।

वि.सं.२०७८ चैत २८ सोमवार १७:२६ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...