back
CTIZAN AD

बलेफीको आईपिओ मंगलबार बाँडफाँड गरिने

वि.सं.२०७८ चैत २८ सोमवार

885 

shares

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण शेयर (आइपिओ) मंगलबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

बलेफीले चैत १६ गतेदेखि २१ गतेसम्म आईपिओका लागि आवेदन खुल्ला गरेको थियो । बलेफीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो ।

बलेफीको आइपीओ माग भन्दा बढी अवोदन परेको छ । माग भन्दा बढी आवेदन परेका कारण आइपीओको बाँडफाँट गोलाप्रथाबाट हुनेछ । यो आइपीओमा १ लाख ६६ हजार ३४५ जनाले १० कित्ता पाउने देखिएको छ । बलेफीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १६:५१ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...