काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ३,९०९ नमुना परीक्षणमा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १४ जनामात्रै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६४८ पुगेको छ । साथै आज निको भएका ५५ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार २५९ पुगेको छ ।
नेपालमा हाल ४३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ४१९ जना होमआइसोलेशन र १९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ९ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८९४ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १७:०६ मा प्रकाशित






























