back
CTIZAN AD

पौडी खेल्न गएका बालकको डुबेर मृत्यु भएपछि बिपी राजमार्ग अवरुद्ध

वि.सं.२०७९ वैशाख ४ आइतवार

705 

shares

सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।

राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पु¥याएको उनले बताए । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । हाल कमलामाई नगरपालिका–५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा सृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ । सृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

file photo

वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:५८ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...