back
CTIZAN AD

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, अन्तिम नामावली आजै प्रकाशन हुने

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

966 

shares

काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आयोगले आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने पनि तयारी गरेको छ ।

आयोगले जनाएअनुसार उम्मेदवारी फिर्ता लिन चाहनेले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगले जनाएअनुसार स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाको मनोनय दर्ता भएको छ । त्यसैगरि वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएकाे छ ।

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने र भोली उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगकाे तयारी छ ।

दलहरुले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिनको लागि दबाब दिँदै आएका छन् । मुख्यतः सत्ता गठबन्धनभित्र साझा उम्मेदवार बनाउने प्रर्यत्नका बीच धेरैको बागी उम्मेदवारी परेको छ । गठबन्धनका दलहरुले बागीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन नै जारी गरेका छन् ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०८:२६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...