back
CTIZAN AD

३४ स्थानीय तह जहाँ ५० भन्दा कम मतान्तरले भएको थियो जितहार

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

804 

shares

काठमाडौं । ०७४ मा स्थानीय तहको पहिलो निर्वाचनमा कतिपय स्थानीय तहमा निकै रोचक प्रतिस्पर्धा देखियो । जसमध्ये केही पालिकामा नगण्य मतान्तरले पनि जितहार भयो । ३४ स्थानीय तह जहाँ ५० भन्दा कम मतान्तरले उम्मेदवारहरु विजयी भएका थिए ।

झापाको कमल गाउँपालिकामा मेनुका काफ्ले गोलाप्रथाबाटै विजयी भएकी थिइन् । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी काफ्लेले कांग्रेसका उम्मेदवार हुकुमसिंह राईलाई गोलाप्रथाबाट हराएकी थिइन । जहाँ दुवैले आठ हजार दुई सय ७५ मत ल्याएका थिए ।

त्यस्तै, डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रका दक्तबहादुर शाही एमालेका लंकबहादुर रोकायाभन्दा जम्मा २ मत फरकले विजयी भएका थिए । शाहीले ९ सय ३३ मत ल्याउँदा लंकबहादुर रोकायाले ९ सय ३१ मत ल्याएका थिए ।

ओलखढुंगाको चिरशंखुगढी गाउँपालिकामा पनि अनौठो जित हार भएको थियो । माओवादीका निशान्त शर्मा बास्तोलाले एमालेका भीमबहादुर थापा मगरलाई जम्मा ३ मतले हराएका थिए । बास्तोलाले एक हजार ९०६ मत ल्याउँदा थापामगरले ९०३ मत ल्याएका थिए ।

एमालेले जितेका १२ पालिका

कमल गाउँपालिका, झापा
मेनुका काफ्ले
मतान्तर : गोलाप्रथा

रामप्रसाद राई गाउँपालिका, भोजपुर
विजय राई
मतान्तर : ८

माण्डवी गाउँपालिका, प्यूठानमा
श्रीधर रोका
मतान्तर : १२

त्रिपुरासुन्दरी नगरपालिका, मुगु
ओमबहादुर बुढा
मतान्तर : १८

पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
ङिम दोर्जी शेर्पा
मतान्तर : २२

मिक्वाखोली गाउँपालिका, ताप्लेजुङ
रामकुमार साँवा
मतान्तर : २५

मोलङ गाउँपालिका, ओखलढुंगा
मणिराज राई
मतान्तर : २८

घरपझोङ गाउँपालिका, मुस्ताङ
आसबहादुर थकाली
मतान्तर : ३७

चामे गाउँपालिका मनाङ
लोकेन्द्रबहादुर घले
मतान्तर : ४१

नेचासल्यान गाउँपालिका सोलुखुम्बु
डुफकुमार बास्तोला
मतान्तर : ४२

आठबिस नगरपालिका दैलेख
खंगराज उपाध्याय
मतान्तर ४७

पूर्वीचौकी गाउँपालिका डोटी
दीर्घराज बोगटी
मतान्तर : ४७

कांग्रेसले जितेका १२ पालिका
आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
विश्वनाथ सिटौला
मतान्तर : १३

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
फेन्चोक छेप्तेन गुरुङ
मतान्तर : १६

ऐरावती गाउँपालिका, प्यूठान
नविलविक्रम शाह
मतान्तर : १६

बारेकोट गाउँपालिका, जाजरकोट
महेन्द्रबहादुर शाह
मतान्तर : १९

तीन पाटन गाउँपालिका, सिन्धुली
कर्णबहादुर मगर
मतान्तर : १९

सिम्रौनगढ नगरपालिका, बारा
विजयशंकर यादव
मतान्तर : २०

ज्वालामुखी गाउँपालिका, धादिङ
विनोदराज तिमल्सेना
मतान्तर : २४

भोजपुर नगरपालिका, भोजपुर
कैलाशकुमार आले
मतान्तर : ३६

शिवनाथ गाउँपालिका, बैतडी
कर्णसिंह साउद
मतान्तर : ३८

बडिमालिका नगरपालिका, बाजुरा
पदम बडुवाल
मतान्तर : ३८

शम्भूनाथ नगरपालिका, सप्तरी
योगेन्द्रप्रसाद चौधरी
मतान्तर : ४४

बेनी नगरपालिका, म्याग्दी
हरिकुमार श्रेष्ठ
मतान्तर : ४५

माओवादी केन्द्रले जितेका ६ पालिका
मुड्केचुला गाउँपालिका, डोल्पा
दत्तबहादुर शाही
मतान्तर : २

चिशंखुगढी गाउँपालिका, ओखलढुंगा
निशान्त शर्मा बास्तोला
मतान्तर : ३

औरही गाउँपालिका
सिद्धार्थ यादव
मतान्तर : ६

महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
सागर किराती
मतान्तर : २७

साकेला गाउँपालिका, खोटाङ
अर्जुनकुमार खड्का
मतान्तर : ३५

माडी नगरपालिका चितवन
ठाकुरप्रसाद ढकाल
मतान्तर : ४४

अन्यले जितेका ४ पालिका
राजविराज नगरपालिका
शम्भुप्रसाद यादव (तत्कालिन राजपा)
मतान्तर : १५

छार्का गाउँपालिका, मुगु
सेनाङ गुरुङ (स्वतन्त्र)
मतान्तर : २५

कविलासी नगरपालिका, सर्लाही
कौशलकिशोर यादव (राजपा)
मतान्तर : ४०

विन्दबासिनी गाउँपालिका, पर्सा
श्रीलाल साह
मतान्तर : ८

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १४:४० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...