back
CTIZAN AD

कोषको रकम दुरुपयोग गर्दै स–शस्त्र प्रहरी महिला संघकी अध्यक्ष के.सीको तामझाम

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

921 

shares

काठमाडौं । १९ दिनको लागि नियुक्त भएकी स–शस्त्र प्रहरी महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सीले प्रहरी मुख्यालय हलचोकको सरद भवनमा कोषको रकम दुरुपयोग गर्दै तामझाम सहित भव्य पाटीको आयोजना गरेकी छन् ।

गत चैत्र ३० गते उनी स–शस्त्र प्रहरी महिला संघको अध्यक्षमा १९ दिनका लागि नियुक्त भएकी थिईन् । अध्यक्ष हुने बित्तिकै उनले उक्त कार्य गरेकी हुन् ।

स–शस्त्र प्रहरी स्रोतले दिएको जानकारी अनुसार आफ्नो १९ दिने अध्यक्ष पदलाई दुरुपयोग गर्दै के.सीले कोषको रकमको दुरुपयोग गर्दै आफ्ना आसेपासेहरु जम्मा गरेर खुसि पार्ने प्रयत्न गरेकी हुन् ।

विगत ४ वर्षसम्म उनले स–शस्त्र प्रहरी महिला संघको कार्यसमितिलाई असहयोग गर्नुका साथै संघको कार्यालयमा पाइला समेत टेकेकी थिइनन् ।
नेपाल सरकारको उपसचिव समेत रहेकी के.सि. नारायणहिटी दरबार संग्रहालयको प्रमुख समेत हुन् भने स–शस्त्र प्रहरी महानिरिक्षक पुष्परमण के.सिकी श्रीमती समेत हुन् ।

संघको अध्यक्ष भएपछि उनी दरबार संग्रहालय जान समेत छोडेको स्रोतले बताएको छ ।

स–शस्त्र प्रहरी महिला संघले आयोजना गर्दै आएको सहयोगी तथा सृजनसिल कामलाई समेत पन्छ्यउँदै उनले कोषको रकम दुरुपयोग गर्दै पार्टीको आयोजना गरेकी हुन् ।

स–शस्त्र प्रहरी महिला संघमा स–शस्त्र प्रहरी महानिरिक्षकी श्रीमति अध्यक्ष हुने परम्परा छ ।
गत चैत्र ३० गते स–शस्त्र प्रहरी महानिरिक्षकमा पुष्परमण के.सि. नियुक्त भएपछि उनी संघको अध्यक्ष भएकी थिईन् । आइतबार उनको कार्यकाल सकिंदैछ ।

यस विषयमा के.सी.संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १४:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...