back
CTIZAN AD

चितवन पुगेका प्रचण्डले भने – स्वतन्त्रलाई फकाइरहनु पर्दैन, जित्न समस्या छैन

वि.सं.२०७९ वैशाख २२ बिहीवार

927 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित निश्चित भइसकेको दाबी गरेका छन् । भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वतन्त्रलाई फकाइरहन आवश्यक नभएको बताए ।

स्वतन्त्रलाई फकाइरहनभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ छ ।

“उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ । फैसला चितवनका जनताको हातमा छ । उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई छ । निर्वाचन जित्न अप्ठ्यारो हुन्छ भन्ने लाग्दैन । धेरै कारणले नतिजा गठबन्धनको पक्षमा हुन्छ”, प्रचण्डले भने ।

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन् ।

गठबन्धनले आज चुनावीसभा आयोजना गर्दैछ । सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १२:३९ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...