back
CTIZAN AD

मनाङको चामेमा एमालेका घले र नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा विजयी

वि.सं.२०७९ वैशाख ३१ शनिवार

783 

shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतह निर्वाचनको मत परिणाम अनुसार मनाङको चामे र नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा एमाले र कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । घलेले ३२० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छिरीङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा विजयी भएकी छन् । लामाले ३२५ मत ल्याएर विजयी हुँदा एमालेकी आशाकुमारी गुरूङले २७४ प्राप्त गरेकी थिइन् ।

त्यसैगरी मनाङकै नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

उनले १५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । शुक्रबार राति सम्पन्न मतगणना अनुसार लामाका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर लामाले १११ मत प्राप्त गरेका थिए । कूल ४८४ मतदाता रहेको उक्त पालिकामा ३०४ मत खसेको थियो भने ३५ मत बदर भएको थियो ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको थियो । जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेकोमा कूल चार हजार ६७ मत खसेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् ।

 

वि.सं.२०७९ वैशाख ३१ शनिवार ०६:५३ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...