back
CTIZAN AD

आठ वटै पालिकामा मतगणना सुरु

वि.सं.२०७९ वैशाख ३१ शनिवार

585 

shares

लमजुङ । लमजुङ जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिकाको मतगणना सुरु भएको छ । शुक्रबार मतदान सम्पन्न भएसँगै आज केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले केही समयअघिदेखि मतगणना सुरु गरिएकोको जानकारी दिइएको छ । बेँसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिकामा मतगणना सुरु भएको छ ।

त्यस्तै, दोर्दी, मस्र्याङ्दी, क्ब्होलासोथर र दूधपोखरी गाउँपालिकामा समेत मतगणना सुरु भएको जनाइएको छ । जिल्लाभर ६९ दशमलव छ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार जिल्लामा कूल मतदाता एक लाख ३१ हजार ४९४ रहेकामा ९१ हजार ४५४ जनाले मतदान गरेका थिए ।

चौँसठ्ठी हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदातामध्ये ४८ हजार ८८७ महिला र ४२ हजार ५६७ पुरुषले मतदान गरेका थिए । जिल्ला सदरमुकाम बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकामा १८ हजार १८५ मत खसेको थियो । दूधपोखरी गाउँपालिकामा आठ हजार ८८८ मतदाता रहेकामा पाँच हजार ७२६ मत खसेको थियो भने सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ मतदाता रहेकामा १४ हजार ५२ मत खसेको थियो ।

दोर्दी गाउँपालिकामा १५ हजार ८४ मतदाता रहेकामा १० हजार ४०६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्ब्होलासोथर गाउँपालिकामा नौ हजार २९८ मतदाता रहेकामा छ हजार ६५७ मत खसेको थियो । त्यस्तै मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४० कूल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो भने, राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मध्यनेपाल नगरपालिकामा २० हजार ९२ मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।

वि.सं.२०७९ वैशाख ३१ शनिवार १२:२२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...