डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् ।
प्राप्त मत परिणाम अनुसार पालिकाको अध्यक्ष पदमा साउँदले २,३४३ प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका चक्र घर्तीमगरले १,६८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी पालिकाको उपाध्यक्ष पदमा कांग्रेसकी विष्टले २ हजार ४०७ मत ल्याएर विजयी हुँदा उनकी प्रतिश्प्रधी नेकपा एमालेकी सपना सिराडीले २,२७६ मत प्राप्त गरिन् ।
बडीकेदारमा कांग्रेस २, एमाले २ र माओवादी केन्द्रले १ वडा अध्यक्ष जितेको छ ।
वि.सं.२०७९ जेठ १ आइतवार १०:४७ मा प्रकाशित






























