
काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार घनश्याम सुवेदी निर्वाचित भएका छन् । निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीले ३ हजार ८३६ मत ल्याएका थिए भने बरालले ३ हजार ७०४ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा पनि विजयी भएका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले जित हात पारेको छ । उपाध्यक्षमा एमालेकी देउकुमारी गुरुङ ३ हजार ९७८ मत ल्याउँदै विजयी भएकी छिन् । उनका निकटम् प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाएका छन् ।
फेदीखोला गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।