back
CTIZAN AD

स्याङ्जाको फेदीखोलामा एमालेका सुवेदी निर्वाचित

वि.सं.२०७९ जेठ २ सोमवार

720 

shares

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार घनश्याम सुवेदी निर्वाचित भएका छन् । निकटतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीले ३ हजार ८३६ मत ल्याएका थिए भने बरालले ३ हजार ७०४ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा पनि विजयी भएका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले जित हात पारेको छ । उपाध्यक्षमा एमालेकी देउकुमारी गुरुङ ३ हजार ९७८ मत ल्याउँदै विजयी भएकी छिन् । उनका निकटम् प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाएका छन् ।

फेदीखोला गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

वि.सं.२०७९ जेठ २ सोमवार १७:५५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...