back
CTIZAN AD

काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा विजयी

वि.सं.२०७९ जेठ ७ शनिवार

669 

shares

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तान विजयी भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष जिम्बाले चार हजार ८९१ मत र उपाध्यक्ष मोक्तानले चार हजार १६९ मत मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर वाइबाले तीन हजार १९५ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी एमालेका शान्ति तितुङ रानामगरले एक हजार ५३० मत प्राप्त गरेकी छन् । पालिका अध्यक्ष जिम्बाको यो दोस्रो पटकको विजय हो ।

वडामा भने क्रमशः वडा नं १ मा नेकपा (माओवादी केन्द्र)का कान्छामान जिम्बाले ७२० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली कांग्रेसका पदमबहादुर मोक्तानले ५५१ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै वडा नं ३ मा कांग्रेसकै कार्साङ लामाले ५९४ मत, वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)का विशाल मोक्तानले ३७१ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)का रमेशकुमार लुङ्गेलीले ६०९ मत, वडा नं ७ मा कांग्रेसका खड्गबहादुर श्रेष्ठले ५४१ मत र वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)का टङ्कबहादुर आले ६९४ प्राप्त गरी विजयी भएका छन् । वडा नं ५ को भने यसअघि गणना हुने वेलामा नेकपा (माओवादी केन्द्र) र कांग्रेसका वडाध्यक्ष्का उम्मेदवारबीचमा दुई मतले विजयी र पराजय भएकोमा पुनः मतगणना गर्ने विषयमा फेरि विवाद भएपछि अहिले रोकिएको जनाइएको छ ।

वि.सं.२०७९ जेठ ७ शनिवार १०:०७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...