मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको छ कांग्रेस ।
छायानाथ रारा नगरपालिकाको प्रमुखमा कांग्रेसका बिष्णुकुमार भाम र उपप्रमुखमा ऐश्वर्य मल्ल बिजयी भएकी छन् ।एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका डम्बर रावल र उपाध्यक्षकी उम्मेदवार टोमा लामा पराजित भएका छन् ।
त्यस्तै हिमाल पारिको गाउपालिकाको रुपमा चिनिने मुगुम कार्मारोङ गाउपालिकामा पनि कांग्रेसका छिरिङ क्याप्ने लामाले जितेका छन् । उपाध्यक्षमा एमालेकी छिरिङफुटिक लामा बिजयी भएकी छन् । अघिल्लो स्थानीय निर्बाचनमा पनि छिरिङक्याप्नेले नै अध्यक्ष जितेका थिए ।
पश्चिम सोरु गाउपालिकाको उपाध्यक्षमा जुझारु युवानेता केशरबहादुर शाही बिजयी भएका छन् । अध्यक्ष पदमा एकिकृत समाजबादीले एमालेका डिल्ली प्रसाद भट्टलाई पराजित गरि बिजयी बनेका छन् ।
खत्याड गाउपालिकामा पनि एमालेकी कविता गिरीलाई पराजित गरि कांग्रेसकी सरिता रोकाया विजयी भएकी छन् । अध्यक्षमा माओवादी केन्द्रका अजबहदुर शाही बिजयी भएका छन् । मुगुका ४५ वडा मध्ये १८ वटा वडाअध्यक्ष कांग्रेसले जितेको छ भने एमालेले १६ वडाअध्यक्ष जित्न सफल भएको छ । साथै ७ वडामा माओवादी केन्द्र बिजयी भएको छ । जिल्लामा एकिकृत समाजबादीले एक पालिका अध्यक्ष र एक वडाअध्यक्षमै सिमित देखिएको छ ।
एमालेले एक पालिका उपाध्यक्ष मात्र जितेको छ । स्थानीय तह निर्बाचनमा मुगुमा कांग्रेस सफल भएको कांग्रेस सभापति ऐनबहादुुर शाही बताउछन् । पाँच दलिय गठबन्धनमा कांग्रेसलाई फाइदा पुगेको सभापति शाहीको भनाई छ ।
मुगुमा तीन उपाध्यक्ष सहित दुई प्रमुख पद कांग्रेसले जितेपछि जिल्ला समन्वय समिति पनि कांग्रेसकै हात पर्ने सुनिश्चत देखिएको छ । अघिल्लो स्थानीय समन्वय समिति एमालेको हात परेको थियो भने यो पटक कांग्रेसले माग गर्ने भएको छ ।
टिकट बितरण प्रक्रियामा कांग्रेसका केही कार्यकर्ताबीच असुन्तुष्टी देखिए पनि निर्बाचनमा धेरै सिट हासिल गरेर कांग्रेस पार्टी पहिलो भएको कांग्रेस पार्टी प्रबक्ता प्रकाश कुमार शाहीले बताउछन् ।
एक पालिका उपप्रमुख बाहेक प्रमुख पदमा आफ्नो पार्टीले प्रमुख पद जित्न नसकेको भन्दै एमालेका जिल्ला समिती सचिव डबल रोकायाले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
वि.सं.२०७९ जेठ ७ शनिवार ०९:५० मा प्रकाशित






























