विष्णुप्रसाद आचार्य ‘अतृप्त’
विदुर– ५, नुवाकोट
१.
सर्बत
जलेको आँत
मर्मत
२.
वसन्त
खुसीको स्रोत
अनन्त
३.
पिपल
मायाको छाया
शीतल
४.
धुपौरो
भुइँमा थाप
कचौरो
५.
विकास
पहरो फोरी
निकास
६.
धर्ममा
चित्तको वृत्ति
कर्ममा
७.
कागती
मुठीमा कसी
ज्यादती
८.
कलम
मनको बह
मलम
९.
बन्दामा
गँड्यौलो पर्यो
फन्दामा
१०.
ज्यालामा
आँसुको दह
प्यालामा
हालः तारकेश्वर– २, काठमाडौँ ।
फोन नं- ९८४१५४८४२५
वि.सं.२०७९ जेठ ७ शनिवार ०९:०३ मा प्रकाशित






























