back
CTIZAN AD

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

वि.सं.२०७९ जेठ ७ शनिवार

615 

shares

म्याग्दी । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ ।

जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।

नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भए । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बने ।
राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए ।

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको सङ्ख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए ।

जिल्लामा नेकपा (एमाले)ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ ।

माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका थिए ।

वि.सं.२०७९ जेठ ७ शनिवार १७:१२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...