back
CTIZAN AD

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसका पाण्डे निर्वाचित

वि.सं.२०७९ जेठ ७ शनिवार

858 

shares

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांगे्रस विजयी भएको छ ।

बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका छन् । मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

“गणना भएका सबै मतको एकीकृत गर्ने काम भइरहेको छ, अन्तिम आधिकारिक घोषणा गर्न अझै केही समय लाग्नेछ”, प्रमुख निर्वाचन अधिकृत पौडेलले भने ।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी भएका छन् । उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्रा अर्याल विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङलाई झण्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

बुटवलमा १९ वडा रहेकामा कांगे्रसले १२ वडामा जित हासिल गरेको छ भने एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

वि.सं.२०७९ जेठ ७ शनिवार १७:२८ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...