back
CTIZAN AD

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

वि.सं.२०८३ असार २ मंगलवार

60 

shares

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके)ले जितेको छ । ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि जितेको हो । विजेता बनेसँगै टोलीले ट्रफीसहित नगद रु. ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) उपविजेता बन्यो । तीन वटा ‘चिकेन डिनर’ सहित १०४ अंक जोडेको टीफोरईले नगद रु। २० हजार प्राप्त गर्यो । त्यसैगरी, जेरो फियर ई–स्पोर्ट्स (जेडएफ)ले तीन वटा ‘चिकेन डिनर’ सहित ९७ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो र नगद रु. १० हजार प्राप्त गर्यो ।

प्रतियोगितामा विभिन्न विधाबाट छनोट भएका १६ टोलीको सहभागिता रहेको थियो । ग्लोबल ओपन सिरिज खेलेको चर्चित टोली टीटुके तथा सन् २०२२ को ग्लोबल च्याम्पियनसिपको सेकेन्ड रनरअप टोली एएसएललाई विशेष स्लट प्रदान गरिएको थियो । त्यस्तै, बंगलादेशको राष्ट्रिय च्याम्पियन टोली एवान् आरजीले पनि सहभागिता जनाएको थियो । एएसएल र एवान् आरजीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए ।

गर्ल्स क्वालिफायरबाट ६९ ई–स्पोर्ट्स र एएमजेडले स्थान बनाएका थिए भने बोइस क्वालिफायरबाट फोरडीएम, टीबीजी, जेडएफ, एसटी, औरा, टीफोरई र पाब्लो ई–स्पोर्ट्सले प्रतिस्पर्धा गरेका थिए । साथै, वेस्टमिन्स्टर कलेजको इन्ट्रा कलेज पब्जी प्रतियोगिताबाट छनोट भएको एक टोलीले पनि शो डाउनमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ को उपाधि टीटुकेका इग्नियसले जिते । उनले प्रतियोगिताभर २५ वटा इलिमिनेसन गर्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका थिए । उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको व्यवस्थापन ई–स्पोर्ट्स हब अफिसियल तथा ब्रोडकास्ट पार्टनर मिथिकल  ई–स्पोर्ट्स रहेको थियो । हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा दर्शकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । वेस्टमिन्स्टर कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले आगामी शैक्षिक सत्रहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने कलेजका इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवार गौलीले जानकारी दिनुभयो ।

वि.सं.२०८३ असार २ मंगलवार १४:०४ मा प्रकाशित

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...